Monday, June 3, 2013

२३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले पाइन् पाँच सन्तान (फोटोफिचर)

एजेन्सि :– चेक गणतन्त्रमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी छिन् । उनका यसअघि एक छोरा छन् । अधिकारीहरुका अनुसार २३ वर्षीया अलेक्जेन्ड्रा किनोवाले चार छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएको चेक गणतन्त्रमा पहिलोपटक हो । उनको प्रसुती अपरेशनबाट गरिएको हो । चिकित्सकहरुले उनको प्रसवमा कुनै ठूलो समस्या नआएको बताए ।
यध्पि हाल बच्चा र आमालाई आईसीयूमा राखिएको छ र उनीहरुको अवस्था राम्रो रहेको छ । छोराको नाम डेनियल, माइकल, अलेक्स र मार्टिन राखिएको छ भने छोरीको नाम टेरेजका राखिएको छ । राजधानी प्रागबाट २० किलोमिटर नजिकको मिलोविक शहरमा बस्दै आएका अलेक्जेन्ड्रा र एन्टोनिन क्रोससेन दम्पत्तिको यसअघि नै एक छोरा छन् ।
अलेक्जेन्ड्रालाई सुरुमा जुम्लाह सन्तान होला भन्ने लागेको थियो । तर, मार्चमा डाक्टरले चार बच्चा भएको बताएका थिए तर, अप्रिलमा ५ सन्तान भएको प्रष्ट पारेका थिए । स्थानीय पत्रिकाका अनुसार अस्पतालमा पुगेका एन्टोनिन सुरुमा केही तनावमा देखिएका थिए । ट्रेनमार्फत आएका उनले भनेकी छन्(म पूरा बाटोभर तनावमा थिए । डर लागिरहेको थियो कि म यो सबै सम्हाल्न सक्दिँन भनेर ।’





No comments:

Post a Comment